डडेल्धुरा बस दुर्घटना :पाँच जनाको मृत्यु, ३४ घाइते (नामसहित)

डडेल्धुरा बस दुर्घटना :पाँच जनाको मृत्यु, ३४ घाइते (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान ४ः३० बजेतिर बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीय कल्सीदेवि गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहमद नासिर रहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ३४ जना घाइते भएका छन्।

घाइते हुनेहरुमा कैलालीको गोदावरी नगरपालिका–१० का रमेश चौधरी, गोदावरी–३ का २४ वर्षीय नविन धामी, बैतडी सिगासका–२ का २० वर्षीय सुरेन्द्र क्षेत्री, थलरा बझाङ तलकोटका ६० वर्षीय जयकला बोहरा, बझाङका १० वर्षीय सितल वड, बझाङ तलकोट–५ का २५ वर्षीय कवेन्द्रबहादुर घर्ती, बझाङको जयपृथ्वी नगरपालिका–९ का ३५ वर्षीय धनसरा वड, बझाङ मष्टा–२ का १८ वर्षीय जीवन लुहार, सोही ठाउँका २५ वर्षीय पुष्प कठायत, बझाङका २४ वर्षीय सुरज रोकाया रहेका छन्।

यस्तै अन्य घाइतेहरुमा बझाङको जयपृथ्वी नगरपालिका–७ का ४२ वर्षीय मनगिरी विक, छब्बीसपाथिभराका ५० वर्षीय मदनराज जोशी, मष्टा–१ का २२ वर्षीय विनोद थापा, केदारस्यू–५ का २५ वर्षीय बसन्त बोहरा, तलकोट बझाङका ४० वर्षीया गिठी घर्ती, मष्टा २ बझाङका २२ धविन्द्र धामी, केदारस्यू–५ का १९ वर्षीय मोहित धामी, सुबेडा बझाङका ३० वर्षीया लक्ष्मी विक, छब्बीसपाथिभरा–३ का १८ वर्षीय तोरन रेग्मी, मष्टा–२ का १८ वर्षीय सुनिल धामी, बेतकोट–२ कञ्चनपुरका ४० वर्षीय दिवाकर पन्त, मष्टा–३ का ४७ वर्षीय रजन कामी, थलरा बझाङकी ६० वर्षीया विष्णुमति जोशी, बुङ्गल–१० का ४० वर्षीय जनकराज जोशी, बझाङका ५० वर्षीया धना बोहरा, तल्कोटका ५० वर्षीय कुरे घर्ती, बुङ्गल–१ बझाङका २४ वर्षीय जगन्नाथ जोशी, तल्कोट–४ का १० वर्षीय विवेक घर्ती, थलरा–३ बझाङका धनबहादुर चौहान, थलरा–१ की ४० वर्षीय देवा बोहरा, भारत विहार कटिहारका–२५ वर्षीय महोमद उस्मान, १८ वर्षीय मोहमद गुल्जार, ४० वर्षीय जमिर हुसेन, २५ वर्षीय अजाद हुसेन रहेका छन्। घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइएको छ । बस सडकबाट १०० मिटर तल खसेको छ ।