डडेलधुरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते


डडेलधुरा – डडेलधुराको परशुराम नगरपालिका–३, मा एक किशोरीको चट्याङ लागेर मृत्यु भएको छ।  परशुराम नगरपालिका–३, मार्कु बस्ने इश्वर भाटकी १३ वर्षीय छोरी संगीता भाटको बुधबार बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान स्कूल जाने तयारीमा रहेको बेला चट्याङ लागेर घाइते भएकी उनलाई जोगबु अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य ३ जना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement