डडेल्धुरा – चिकित्सा क्षेत्रमा सुधारको मागराख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीले १७ औं पटकको सत्याग्रह डडेल्धुरा सदरमुकामबाट शुरु गरेका छन ।
डडेल्धुरा सदरमुकामस्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल परिसर नजिकको एक निजी घरबाट सत्याग्रह शुरु गरेका डा. केसीले यसपटक सात सुत्रीय माग अघि सारेका छन् । पत्रकार सम्मेलनको आयोजनागर्दै डा. केसीले बेलुकी पाँच बजेबाट औपचारिक रुपमा सत्याग्रह शुभारम्भ गरेका हुन ।
त्रिवि शिक्षण अस्पतालबाट केही दिनअघि मात्र अवकाश पाएका डा. केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि कार्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका थिए । नेपालीहरुको महान पर्व तिहार परेकाले केहि ढिलागरि सत्याग्रह शुरु गरिएको हो ।
सरकारले माग सम्बोधन गर्नुको साटो उल्टै सम्झौता उलंघन गरेकाले आन्दोलनमा जानुको विकल्प नरहेको उनले बताए । गत भदौमा डडेल्धुरा पुगेर सदरमुकामस्थित डडेल्धुराको अवलोकन गरेका डा. केसी यसपटक अनशन बस्न सोमबार दिउसो मात्रै डडेल्धुरा पुगेका हुन् ।यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया