जनकपुरधाम – धनुषामा घाँटी काटेर हत्या गरेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।




प्रतिक्रिया