काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवारबाट तीन जना चुनावी मैदानमा उत्रिएका छन् । दाहाल अहिले गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन् । चितवनबाट यसअघि निर्वाचित दाहाल त्यहां असुरक्षित भएपछि गोरखा लागेका हुन् ।
गोरखामा समेत कांग्रेसकी माधवी भट्ट बागि उम्मेदवार उठने निश्चित भइसकेको छ । दाहालकी पुत्रि रेणु दाहाल अहिले भरतपुर महानगरपालिकाको मेयर छिन् । अर्की छोरी गंगा दाहाल अध्यक्ष दाहालको सचिवालयमा कार्यरत छन् ।
दाहालकी बुहारी बिना मगर कंचनपुर क्षेत्र नम्बर १ बाट गठबन्धनको उम्मेदवार छिन् । उनि यसअघि खानेपानी मन्त्री समेत भएकी थिईन । दाहाले आफ्ना कान्छा ज्वांई जीवन आचार्यलाई समेत प्रदेशसभाको टिकट दिएका छन् । उनले मोरङको क्षेत्र नम्बर ६ क बाट टिकट पाएका हुन् ।
छोरी गंगा दाहाल र ज्वांई आचार्य दुवैलाई दाहालले केन्द्रीय सदस्य समेत बनाएका छन् । आचार्यले यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनको सल्लाहकारको नियुक्ति समेत खाएका थिए ।
माओवादी आन्दोनलमा खासै योगदान नभएका आचार्य पहिले कांग्रेस समर्थक थिए । उनि ०७४ को निर्वाचनमा वाम गठबन्धन हुंदा समेत कांग्रेसका उम्मेदवार चुमनारायण दबदारसंग पराजित भएका थिए । तबदार अहिले कांग्रेसको प्रतिनिधिसभातर्फको समानुपातिका सूचीमा छन् ।
मोरङबाट क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी र ५ बाट शिवकुमार मण्डल उम्मेदवार भएका छन् । मोरङको क्षेत्र नम्बर १ को क बाट कुशल लिम्बू र २ को क बाट गणेश उप्रेतीले टिकट पाएका छन् ।




प्रतिक्रिया