माओवादी अध्यक्ष दाहाललाई फकाउन गृहमन्त्री खुमलटारमा

माओवादी अध्यक्ष दाहाललाई फकाउन गृहमन्त्री खुमलटारमा


काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बालकृष्ण खांडबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाललाई भेट्न गृहमन्त्री खांड विहान ८ः ०५ खुमलटार पुगेका हुन् ।

वामपन्थी एकता र समाजवादी केन्द्रको लागि माओवादी अध्यक्ष दाहाल सक्रिय रहेको समाचार आएसंगै गृहमन्त्री खांड उनलाई भेट्न खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दूतको रुपमा खांड दाहालसंग छलफल गर्न गएको स्रोतको दावी छ । प्रधानमन्त्री देउवालाई चुनावी सरकारको नेतृत्व दिन दाहालले दबाव दिइरहेका छन् । देउवा प्रधानमन्त्री छोड्न सहमत नभएपछि दाहालले उनिमाथि दबाव बढाएका हुन् ।

समाजवादी केन्द्र गठनका लागि अहिले माओवादीसहित एकिकृत समाजवादी र जसपाका नेताहरुबीच छलफल चलिरहेको छ । नेपाली कांग्रेस र एमालेलाई काउण्टर दिन सकिने योजनासहित उनिहरुले समाजवादी केन्द्र गठनको लागि छलफल गरिरहेका छन् ।

नेताहरु वर्षमान पुन,शक्ति बस्नेत,जनार्दन शर्मा,झलनाथ खनाल,वेदुराम भुसाल, उपेन्द्र यादव र इस्तियाक राई समाजवादी केन्द्र बनाउन सक्रिय छन् ।