दाहाल-नेपाल भेट :अध्यादेश फिर्ता र मन्त्रिमण्डल विस्तारबारे छलफल

दाहाल-नेपाल भेट :अध्यादेश फिर्ता र मन्त्रिमण्डल विस्तारबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा सोमबार बिहान झण्डै एक घण्टा लामो भेटवार्तामा सरकार विस्तारबारे छलफल भएको बताइएको छ । सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरिरहेका बेला दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।

उनिहरुबीच अध्यादेश फिर्ता लिने विषयमा समेत छलफल भएको स्रोतले बतायो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तार छिटो गर्ने सहमती भएको थियो । भेटमा प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिमण्डलमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

दाहालले बैठकमा प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल विस्तार गर्न आग्रह गरेका थिए । तर, अहिलेसम्म दलहरुको बिचमा मन्त्रालयको भागमण्डा नमिलेका कारण मन्त्रिमण्डल विस्तार हुन सकिरहेको छैन ।

जसपा र माधव नेपाल नेतृत्वको समाजवादीले शक्तिशाली मन्त्रालयमा दावी गरेपछि मन्त्रिमण्डलमा ढिलाई भएको बताइन्छ । दुवै नेताको भेटपछि बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यादेश फिर्ता लिएर मात्र मन्त्रिमण्डल विस्तार गर्नुपर्ने निर्णय गरेको छ ।