दैलेखमा मगाइएकै थिएन गाई

दैलेखमा मगाइएकै थिएन गाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो।

आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए।

नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो। प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो।

ती गाई आफूहरूले नमगाएको दैलेखका जनप्रतिनिधि र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएका छन्। नेपालगन्जबाट पठाइएका गाईगोरु जिल्लामा कसैले पनि किनेको वा मगाएको नपाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गरे। मन्दिरका महन्तले पनि नेपालगन्जबाट गाईगोरु नमगाएको जनाएका छन्। यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।