दैलेख – दैलेखको आठबीस नगरपालिकामा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । बहुमत वडासहित आठबीस नगरप्रमुख र उपप्रमुख दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
मेयरमा एमालेका तर्कबहादुर बडुवाल ५ हजार ३२७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमप्रकाश शाहीले ५०६६ मत पाए । यस्तै, उपप्रमुखमा एमालेबाटै ५ हजार ११३ मत ल्याएर कल्पना थापा विजयी बनिन् । कांग्रेसकी निशा थापाले ४९६५ मत प्राप्त गरिन् ।
नगरपालिकाको वडा नम्बर १ मा एमालेका बमबहादुर रावत, २ मा एमालेका कलम कामी, ४ मा एमालेका टेकबहादुर माझी, ६ मा एमालेका नवराज शर्मा र ८ मा एमालेका अदल शाही अध्यक्षमा विजयी भएका छन् ।
यस्तै, नेपाली कांग्रेसले ४ वडा जितेको छ । जसमा वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजिर सिंह वि.क, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापति विजयी भएका छन् ।




प्रतिक्रिया