काठमाण्डु – दैलेखमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।
शुक्रबार बसेको जिल्ला सचिवालयको बैठकले १० बुँदे कार्यन्वयन गर्दै पार्टीका संरचनाहरुलाई जेठ २ लाई आधार बनाएर क्रियाशील बनाउने निर्णय गरेको हो ।
बैठकले १० बुँदे सहमति, अन्तर पार्टी निर्देशन र विधानबमोजिम संगठनलाई अद्यावधिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज विष्णु रिजालले जानकारी दिए ।
बैठकले विभिन्न स्थानीय तहमा संयोजक र सहसंयोजकको जिम्मेवारी समेत तोकेको छ । त्यस्तै उनले जिल्ला कमिटीका बाँकी सदस्यहरूको कार्यविभाजन अर्को जिल्ला कमिटीको बैठकबाट गरिने जानकारी दिए ।
नारायण नगरपालिका
संयोजक– गोपाल नेपाली
सहसंयोजक– लोमन शर्मा
महाबु गाउँपालिका
संयोजक मीनबहादुर बुढा
सहसंयोजक उपेन्द्रबहादुर सिंह
नौमुले गाउँपालिका
संयोजक शशीराम बिक
भगवतीमाई गाउँपालिका
संयोजक नरेन्द्रबहादुर शाही
डुंगेश्वर गाउँपालिका
संयोजक मानबहादुर विष्ट
गुराँस गाउँपालिका
संयोजक पशुपति शर्मा
सहसंयोजक कर्णबहादुर बिक
दुल्लू नगरपालिका
संयोजक खगेन्द्र थापा
सहसंयोजक रुद्रबहादुर शाही
भैरवी गाउँपालिका
संयोजक प्रेमबहादुर बुढा
सहसंयोजक सर्बराज महतारा
चामुण्डा विन्द्रासैनी नगरपालिका
संयोजक रंगबहादुर तामाङ
सहसंयोजक हस्तप्रसाद शर्मा
ठाँटीकाँध गाउँपालिका
संयोजक धीरबहादुर शाही
सहसंयोजक कर्णबहादुर शाही
आठबीस नगरपालिका
संयोजक ओमजंग शाही
सहसंयोजक कलम बिक




प्रतिक्रिया