दैनिक ५ मिनेट मात्र व्यायाम गर्नुहोस्, यस्ता हुन्छन् फाइदा

दैनिक ५ मिनेट मात्र व्यायाम गर्नुहोस्, यस्ता हुन्छन् फाइदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन हाम्रो मस्तिष्क, स्मरणलाइ पनि राम्रो गर्छ । हामीले शरीरको फाइदाका लागि सघन व्यायामहरू नै गरिराख्नुपर्छ भन्ने जरुरी छैन ।

तर नयाँ अनुसन्धानले हाम्रो क्रियाकलाप थोरै बढाउँदा पनि हाम्रो स्वास्थ्य र दीर्घायुमा बलियो प्रभाव पर्ने देखाएको छ। दैनिक जम्मा पाँच मिनेटको हलुका व्यायामहरू जस्तै बिस्तारै हिँड्दा, साइकल चलाउँदा वा भर्‍याङ चढ्दा अल्पायुमा हुने १० मध्ये एउटा मृत्यु रोक्न सकिन्छ र यसले दशौँ लाख मानिसहरूको आयु बढाउन सक्छ।

तर यसको अर्थ जम्मा पाँच मिनेटको व्यायामले तपाईँलाई स्वस्थ राख्छ भन्ने चाहिँ होइन। केही नगर्नुभन्दा त्यतिसम्म भए पनि गर्दा राम्रो हुन्छ र हाम्रो शारीरिक गतिविधि थोरै बढाउँदा पनि हाम्रो समग्र स्वास्थ्य सुधार हुन्छ भन्न खोजिएको हो।

सक्रिय र तन्दुरुस्त मानिसहरूलाई पाँच मिनेट अतिरिक्त व्यायाम गर्दा थोरै मात्र फाइदा पुछ। तर त्यति पनि नगरिरहेका मानिसहरूलाई चाहिँ यसले धेरै फाइदा पुर्‍याउन सक्छ।

यस्तो शारीरिक क्रियाकलाप गर्दा उच्च तनाव र थकान महसुस हुने दर कम गर्न निकै फाइदाजनक हुन्छ । शारीरिक क्रियाकलापले मांसपेशीको सबलता र गुणस्तर, हड्डीको बलियोपनाजस्ता कुरा दीर्घ र स्वस्थ जीवनका सङ्केत हुन्।

दैनिक पाँच मिनेटको शारीरिक क्रियाकलाप गर्ने सानो परिवर्तनले अल्पायुमा हुने मृत्युमा ठूलो प्रभाव पार्छ । यो अनुसन्धानले व्यक्तिगत तहमा भन्दा पनि ठूलो जनसङ्ख्यामा पाँच मिनेटको व्यायामले स्वास्थ्य फाइदा पुर्‍याउने देखाएको छ ।

वयस्क मानिसहरूले सकेसम्म विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको सातामा १५० मिनेट नै व्यायाम गर्नुपर्ने हुन्छ । तर जिम जान वा खेलकुदमा भाग लिन सक्ने मानिसहरूले पनि दैनिक पाँच मिनेटको व्यायामबाट फाइदा लिन सक्ने अध्ययनले देखाएको छ।

चुप लागेर बस्ने समय दिनमा ३० मिनेटले कम गर्दा औसत मानिसहरूमा अल्पायुमा हुने मृत्यु ७ प्रतिशतले कम हुने देखिएको छ। शारीरिक निष्क्रियता दीर्घरोग र अल्पायुमा हुने मृत्युसँग जोडिएको हुन्छ।

अन्य कैयौँ मानिसहरूमा गरिएको यो अध्ययनले व्यायामले लामो समयसम्म दिने स्वास्थ्यलाभका कारण हामीले आफ्नो जीवनशैली परिवर्तन गरिरहन आवश्यक नै नपर्ने देखाएको छ। हाम्रो दैनिक जीवनमा केही क्रियाकलाप बढाउँदा त्यसले पार्ने प्रभाव ठूलो छ।

मांसपेशी तन्काउने (स्ट्रेचिङ) जस्ता क्रियाकलाप पनि फाइदाजनक देखिएका छन्। अमेरिकामा गरिएको अध्ययनले ६० र ७०को दशकको उमेरका व्यक्तिहरूमा एरोबिक व्यायामसँगै मांसपेशी तन्काउनेलगायतका गतिविधि नियमित गर्दा व्यायाम नै नगर्ने मानिसहरूको तुलनामा मृत्युको जोखिम कम हुने देखिएको थियो।

अन्य पछिल्ला अध्ययनहरूमा निश्चित समयको अन्तरालमा एकैछिन व्यायाम अर्थात् (एक्सरसाइज स्न्याकिङ) गर्दा मुटुको स्वास्थ्य सुधार हुने देखाएको छ।

विभिन्न अध्ययनहरूको व्यापक स्तरमा गरिएको विश्लेषणले वयस्कहरूमा पनि यो गतिविधिले फाइदा पुर्‍याएको देखियो। यस्तो व्यायामका लागि गरिएको सिफारिस अपनाउने मानिसहरू पनि धेरै देखिए।

स्न्याकिङुको व्यायाम हाम्रो दैनिक जीवनमा समावेश गर्न सहज भएका कारण अध्ययनका सहभागीमध्ये ८२ प्रतिशतले यसलाई निरन्तरता दिएको अध्ययन प्रतिवेदनका लेखकहरूले उल्लेख गरेका छन्।

सानासाना व्यायामहरूले मेटबोलिजम अर्थात् शारीरमा ऊर्जा उत्पादन हुने रासायनिक प्रक्रियाहरूलाई राम्रोसँग सक्रिय गराउँछ। जब हामी व्यायाम गर्न छोड्छौँ, त्यसपछि पनि हाम्रो मेटबोलिजम केही छिटोछिटो चलिरहेको हुन्छ।

अनुसन्धानले ‘एक्सरसाइज स्न्याकिङ’को स्वास्थ्यमा हुने फाइदाबारे सचेत गराउँदा मानिसहरूले सकारात्मक प्रतिक्रिया जनाएको देखाएको छ।

सानो जाँगरले ठूलो फरक पार्छ। मानिसहरूलाई एस्कलेटर वा लिफ्टको सट्टा भर्‍याङ चढ्न प्रेरित गर्ने सङ्केतहरू राखियो भने धेरै मानिसहरू भर्‍याङ चढ्न सुरु गर्छन्।