बेलायतमा कोरोनाको नेपाली भेरियन्टको जोखिम !

बेलायतमा कोरोनाको नेपाली भेरियन्टको जोखिम !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको नेपाली भेरिएन्ट फैलिएको भन्दै बेलायत सरकार चिन्तामा परेको छ ।

लामो समयसम्म विभिन्न प्रतिबन्ध लगाएपछि अहिले विस्तारै खुकुलो बनाउँदै जाने बेलायती सरकारको नीतिलाई नेपाली भेरिएन्टले प्रभाव पार्ने जोखिम भएको बेलायती अखबार डेलीमेलले दावी गरेको छ ।

डेलीमेलले समाचारको शीर्षकमै ‘हाम्रो विदामा नेपाली भेरिएन्टको जोखिम’ लेखेको छ । समाचारमा वैज्ञानिकहरुले बेलायती मन्त्रीहरुलाई नयाँ म्युटेन्ट भेरिएन्टको बारेमा सचेत गराइसकेको दावी गरिएको छ । यो नयाँ म्युटेन्ट भेरिएन्ट नेपालमा उत्पत्ति भएको मानिएको छ र यो अहिले युरोपमा फैलिएको छ ।

वैज्ञानिकहरुलाई यो भेरिएन्ट खोप प्रतिरोधी हुन सक्ने डर भएको रिपोर्टमा जनाइएको छ । तर, बेलायत सरकारको साइन्टिफिक एडभाइजरी ग्रुप फर इमरजेन्सी (साग) कमिटीका एक सदस्यले भने अधिकारीहरु यो भेरिएन्टलाई लिएर धेरै चिन्तित हुनु नपर्ने भनेका छन् । उनले भने ‘यहाँ हजारौं भेरिएन्टहरु छन् । यो एउटा भाइरस हो र यो परिवर्तन भइरहेको छ ।’