दलाई लामाको उत्तराधिकारीको चर्चा : अमेरिका र चीनबीच सुरु भयो वाकयुद्ध


एजेन्सी –तिब्बती धर्मगुरु दलाई लामाको उत्तराधिकारी चयनको विषयलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । अमेरिकाले लामाको उत्तराधिकारी चयन तिब्बतकै नागरीकहरुले गर्नुपर्ने भनाई सार्वजनिक भएलगत्तै चीनले त्यसको कडा शब्दमा विरोध जनाएको छ ।

अन्र्तराष्ट्रिय धार्मिक स्वतन्त्रता मामला हेर्ने अमेरिकी राजदूत सैम ब्राउनबैकले सोमबार धर्मशालामा दलाई लामालाई भेटेका थिए । उनले लामालाई भेटेपछि धर्म गुरु चयन गर्ने अधिकार तिब्बतका जनतासंग मात्र भएको बयान दिएपछि दुवै देशबीच वाकयुद्ध सुरु भएको हो ।

रेडियो फ्रि एसियाले ब्राउनबैकलाई उद्दृत गर्दै भनेको छ ‘दलाई लामाको उत्तराधिकारी चयनको भूमिका तिब्बती बौद्ध व्यवस्था,दलाई लामा र अन्य तिब्बती नेताहरुले निभाउनुपर्छ, यो विषय अरु कसैसंग सम्बन्धित छैन । यसमा कोही सरकार र संस्थासंग कुनै सम्बन्ध समेत हुंदैन । ’

दलाई लामा १९५९ मा भारतमा निर्वासनमा गएका थिए । ८४ बर्षिय लामाको स्वास्थ्य अस्थिर भएपछि उनको उत्तराधिकारीको खोजी भएको हो । चीनले लामाको उत्तराधिकारी चयनमा आफ्नो भुमिका हुनुपर्ने बतांउदै आएको छ । उसले चीनको अनुमति विना उत्तराधिकारी चयन हुन नसक्ने स्पष्ट पारेको छ ।

ब्राउनबैकका टिप्पणीमाथी प्रतिक्रिया जनाउंदै चिनियां विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले अमेरिकी राजदूतको टिप्पणीले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् ।

उनले लामालाई अमेरिकी राजदूतले धर्मशाला पुगेर भेट्नु अमेरिकाले लिएको एक चीन नितीविरुद्ध भएको भन्दै त्यसको कडा शब्दमा विरोध जनाएका छन् । उनले १४ औं दलाई लामा राजनीतिक स्वनिर्वासनमा भएको भन्दै लामो समयदेखी उनले विदेशी भुमिका धर्मको आडमा चीनविरोधी गतिविधी गरिरहेको आरोप लगाए । उनले लामासंग सम्र्पक नगर्न र गैरजिम्मेवारपुर्ण अभिव्यक्ति बन्द गर्न अमेरिकालाई चेतावनी समेत दिएका छन् ।

लामाको उत्तराधिकारी पंचेन लामा गेधु चोयकी नयीमा हुने भनिएपनि उनि १९९५ देखी नै वेपत्ता छन् । उनि लामापछि दोस्रो मुख्य भुमिकामा थिए । हाल लामापछि बेनकेन एरदिनी दोस्रो तहमा छन् । उनलाई चीन समर्थकका रुपमा मानिन्छ । चीनले एरदिनीलाई नै दलाई लामाको उत्तराधिकारी बनाउन चाहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement