‘दलितको घर’ थाहा पाएपछि मण्डपबाटै भागे पूजारी, नेताले नै लुकाए घटना


कपिलवस्तु – शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् ।

चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्द भट्टराई उक्त घरका घरमालिक दलित भएको थाहा पाएपछि पूजा स्थलबाट ‘एकै छिनमा आउने’ बाहाना बनाएर भागेका हुन् ।

पूजाका लागि घर मालिक मिलन विश्वकर्माले घर चिटिक्क पारेका थिए । आगनमा फूलमाला र पताकाले सिंगारिएको पूजा मण्डप बनाइएको थियो । पूजाका लागि आफन्तजन, ईष्टमित्र बिहानैबाट जुट्दै थिए । तर करिब १० बजे पूजा सुरु गर्न लागेपछि मिलन दलित भएको थाहा पाएपछि पूजारीहरु भागेको स्थानीयले बताएका छन् ।

पूजा गर्न आएका पूजारी मण्डपबाट भागेपछि पूजाको कार्यक्रम एक घण्टा रोकिएको थियो । पूर्व निर्धारित निमन्त्रणा गरिएका पूजारीहरुल भीमप्रसाद र गोविन्द भागेपछि अर्को पूजारी बोलाइ पूजा कार्य अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement