दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, सुरक्षा व्यवस्था कडा

दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, सुरक्षा व्यवस्था कडा


काठमाण्डु– झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

एमाले अध्यक्ष ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको बताइएको छ ।

रास्वपाका कार्यकर्ता गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भेला हुने तय भए पनि दुवै समूह एउटै क्षेत्रमा आमनेसामने भएपछि घम्साघम्सी भएको हो।

घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।