काठमाण्डु – तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ ।
तनहुँको व्यास नगरपालिका-३ स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
कारको बायाँ भागको सिसा फुटाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । स्वर्णिमका बाबु जीवनराम गएराती सन्तोष होटमा बसेका थिए।




प्रतिक्रिया