इलाम – इलाममा हुने उपचुनावका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन् ।
इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका लागि उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनी गत निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए ।
यसअघि नेकपा एमालेका सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता गराइसकेका छन् । सुहाङलाई माओवादी केन्द्रको समेत समर्थन गरेको छ ।
आगामी वैशाख १५ गते हुने उपचुनावका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन कार्यालयका अनुसार हालसम्म जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया