उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनले ५ दिने औपचारिक भ्रमणमा गरेका छन् ।

भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन ‘फ्रेमवर्क’ (टीआईपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ ।

यसैबीच, नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एशोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।