काठमाडौं – प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले आफुले तत्काल चितवन नछोड्ने बताएका छन् । उनले विभागीय प्रक्रिया अन्तरगत प्रदेश प्रहरी कार्यालयको तर्फबाट पत्र आएकाले त्यसलाई आधार मानेर तत्काल जिल्ला नछाड्ने बताएका हुन् ।
उनले भने, ‘१२ घन्टा भनेर पत्र आएपनि चितवन छोड्दिनँ । पत्र नियमित प्रक्रिया हो ।’
तीन नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी मल्ललाई १२ घन्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको थियो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएका छन् । उनले बिहीबार नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालसहित अध्यक्ष प्रचण्ड पनि चितवनमै रहेको जानकारी दिदै भिआइपीको सुरक्षा उत्तिकै महत्वपूर्ण भएको बताए ।
बुधबार प्रदेश प्रहरी कार्यालयले पत्र नै लेखेर मल्ललाई जिल्लामा प्रनाउलाई बुझबुझारत गरी जिल्ला छोड्न निर्देशन दिएको थियो । प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्लाको सरुवा गरेको थियो । उनको ठाउँमा सरुवा भएकी गंगा पन्तले मल्लले जिल्ला नछाडेकाले आफु चितवन जान नपाएको बताएकी छन् ।




प्रतिक्रिया