काठमाडौं – दाङमा फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एक जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी रहेको खुलेको छ । उनी दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिए पनि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी भएको खुलेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिए । मेयर पाण्डेले भनेका छन्, ‘तुल्सीपुर उपमहानगपालिका– ७ का कोरोना देखिएका भनिएका व्यक्ति काठमाडौैका एक अस्पतालमा कार्यरत रहेका र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’
उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।




प्रतिक्रिया