प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रहरी महानिरीक्षक दानबहादुर कार्की सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

संघीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो ।

उक्त सम्मेलनमा अन्तरराष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तरराष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा बृहत् छलफल भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।