काठमाण्डु – असोज २ गतेदेखि हिमालय टेलिभिजनमा सुरु भएको डान्सिङ वीथ स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजकको रुपमा आवद्ध भएको छ ।
बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटी शो हो ।
एएनसीप्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियो ग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागिप्रतिस्पर्धा गर्नेछन् । सह-प्रायोजकको रुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।




प्रतिक्रिया