काठमाण्डु – प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित भएको छ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई प्रदेश राजधानी बनाउने प्रस्ताव दुई तिहाईले पारित भएको हो । प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो ।
कांग्रेसका १९ सांसदमध्ये ५ जनाले दाङको पक्षमा मतदान गरेका थिए भने १३ जनाले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेहरुमा डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, मोहम्मद याकुव र भुवनेश्वर चौधरी थिए ।




प्रतिक्रिया