दाङ – दाङमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २७ पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु तुलसीपुर उपमहानगरपालिकाका ७, बंगलाचुली गाउँपालिकाका १४ र घोराही उपमहानगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ५१० पुगेको छ ।
प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तुका ५ जना पुरुष र रोल्पाका एक पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।




प्रतिक्रिया