दाङको कोरोना अस्पतालबाट १० जनाले जिते कोरोना सङ्क्रमण

दाङको कोरोना अस्पतालबाट १० जनाले जिते कोरोना सङ्क्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईदुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् ।

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ । उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ सङ्क्रमितको उपचार भइरहेको छ ।