दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार,दुई युवा पक्राउ

दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार,दुई युवा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरिएको हो।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।