दाङ्गमा पेस्तोलसहित एक जना पक्राउ

दाङ्गमा पेस्तोलसहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – दाङ्गमा गएराति प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । बङगलामुखी गाउँपालिका–४ मुलटापाका ३० बर्षिय शिवबहादुर बिकलाई दाङ्गको कमिरेचौर ईलाका प्रहरी कार्यालयले पेस्तोल सहित पक्राउ गरेको हो ।

स्थानीय खुवबहादुर केसीको होटलमा बास बसेका ट्रिपर चालक बताइएको घोराही–३ का २६ बर्षिय ईन्द्रबहादुर नेपाली, ३५ बर्षीय पदम केसी र सुरेश नेपाली सहित ६र७ जनाको समुहलाई रातको करिव २ बजेको समयमा एक्कासी बिकले कटुवा पेस्तोल ताक्दै सबैलाई मारिदिन्छु भनेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय दाङ्गले पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।