सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोंगबुको नयाँ बसपार्कस्थित गणेशस्थानमा सुटकेशमा भेटिएको शवको पहिचान खुलेको छ ।

सुटकेशमा भेटिएको शव काठमाण्डुको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

आइतबार बिहान गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।