दाङमा हत्या गरिएको अवस्थामा युवकको शव फेला, तीन जना पक्राउ


काठमाडौं – दाङको तुलसीपुरमा एक युवाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षीय मन्दिप भुजेको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

शनिबार बिहान स्थानीय ज्ञानज्योति आधारभुत विद्यालय नजिकै भुजेलको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। उनको गएराति हत्या भएको आशंका प्रहरीले गरेको छ। यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ३ जना युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement