काठमाडौं – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रीको शपथपछि बिहीवार अपराह्न मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री यादवले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्ने बताए ।
‘वैदेशिक रोजगारीको व्यवस्थापन गनरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा हुँदैन,’ मन्त्री यादवले भने, ‘स्वदेशमै रोजगारी सिर्जना गरेर विदेश जाने युवालाई रोक्ने गरी काम गर्छु ।’ यअघिका श्रम मन्त्री गोकर्ण विष्टले गरेका राम्रा कामलाई निरन्तरता दिने उनले बताए ।




प्रतिक्रिया