काठमाण्डु – नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनत मइन–एप सुविधा दराज जेम्स लन्च भएको घोषणा गरेको छ ।
यो नयाँ सुविधामार्फत ग्राहकहरुले हरेक दिन दराज एपमार्फत भाउचर कमाउने मौका प्राप्त गर्ने दराजले जनाएको छ । जेम्स भनेको दराज एपमा लगातार सगाई गरिरहेका ग्राहकहरुको लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो ।
ग्राहकहरुले जेम्स कलेक्ट गरि भाउचरको लागि रिडिम गर्न सक्नेछन् र त्यो भाउचर सामान खरिद गर्दा छुट पाउनप्रयोग गर्न सक्नेछन् ।ग्राहकहरु तीन फरक तरीकाबाट जेम्स कमाउन सक्नेछन् । दराजएपमा हरेकदिनलगिन गरि , दराजबाट सामानखरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेलीमिसनहरु पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिन्छ ।
यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ । दराज जेम्सको भरपुर उपयोग गर्नको लागि ग्राहकहरु हरेक दिन दराज एपमार्फत दराज जेम्सको होम पेजमा जानु पर्ने हुन्छ ।
त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्रनभई आफुसंग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् साथै ति जेम्सलाई भाउचरको लागि रिडिम पनि गर्न पाउनेछन् । दराज जेम्सको सबै भन्दा राम्रो सुविधा भनेको यो प्राप्त गर्न एकदमै सरल र सजिलो छ । प्रयोगकर्ताहरु सजिलैसंग दराज एपमा दैनिक लग इन गरेर दिइएको जेम्स कलेक्ट गरेर आफ्नो जेम्सको संख्या ४०० गुणा कमाउन सक्नेछन् ।




प्रतिक्रिया