काठमाण्डु – यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ ।
उक्त अभियान २७ मंसिर मध्यरात देखी ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्का साथ भौंचरहरू, र बैंक कार्ड मार्फत थप छूट्को लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छ्रे बैंकर सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत –अधिकतम १२१२) सम्मको छूट् पाउन सक्नेछन् ।
यसबाहेक, उपभोक्ताहरुले ‘मेगागिभअवे’ को रूपमा ६९,९९९ को नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन् । सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र १ मा जित्न सक्नेछन् । त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराजमार्फत लन्च गर्दैछ । उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छूट्का साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन ।
१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिंदै उत्तम मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन् । कम्पनीले स्थानीय सानो र मध्यमआकार का उद्यम(एसएमई) हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गरेको छ ।




प्रतिक्रिया