दार्चुलाको दुधिला माविमा एक भोट खसेन

दार्चुलाको दुधिला माविमा एक भोट खसेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माविमा १० बजेसम्म शून्य मतदान भएको छ ।

निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी विहान ७ बजे नै तयार रहेपनि हालसम्म एक जना मतदाता पनि भोट हाल्न नपुगेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

सो क्षेत्रमा मतदाताले ‘नो भोट’ अभियान थालेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दार्चुलाको नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका छन् ।

नागुमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल पुगेर छलफल गरेका थिए । तर स्थानीयले भने यस पटक भोट नहाल्ने जनाएका थिए ।

माघ १ गतेबाटै संघर्ष समिति बनाएर ‘नो भोट’का पक्षमा उभिएका नागुबासीले यस पटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए ।

उनले राजनीतिक दलबाट आफ्ना एजेण्डा पूरा गर्ने ठोस प्रतिक्रिया नआएको र प्रदेश सरकार निर्वाचनको एक दिन अघि मात्रै छलफलका लागि आएकाले मतदान गर्ने अवस्था नआएको प्रक्रिया दिए ।

नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६ सय २ मतदाता रहेका छन् । अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका थिए । सो मतदान केन्द्रमा तीन सय ४६ जना मतदाता रहेका छन् ।