काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ ।
दार्चुलाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्य स्थित पांगल जाने क्रममा भारतीय सिमा सुरक्षा बलले तुईन खोलेका कारण नदीमा खसेर हाल सम्म वेपत्ता भएका छन् ।
पार्टीका प्रवक्ता प्रकाण्डले आज विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । साथै घटनाको विरोधमा आज दिउँसो २ बजे देशैभर प्रदर्शन गर्ने जनाएका छन् ।
घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र निन्दनीय रहेको विविज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया