महाकालीबाट उद्दार गरिएकी महिलाको उपचारका क्रममा कोहलपुरमा मृत्यु

महाकालीबाट उद्दार गरिएकी महिलाको उपचारका क्रममा कोहलपुरमा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला-  महाकाली नदीबाट उद्धार गरिएकी महिलाकाे मृत्यु भएको छ।दार्चुलाको महकाली नगरपालिकाको गल्फैमा महाकाली नदीमा बगेर गम्भीर बनेकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

 

ऐतवालको उपचारको क्रममा आइतबार राती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।आइतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो।

दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको ०५५ न हेलीकोप्टरमार्फत नेपालगञ्‍ज लगिएको थियो।