उपरथी खत्रीलाई दर्ज्याही चिह्न प्रदान, उपत्यका पृतनाको जिम्मेवारी

उपरथी खत्रीलाई दर्ज्याही चिह्न प्रदान, उपत्यका पृतनाको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्याही चिह्न प्रदान गरेका छन् । शुक्रबार जंगी अड्डामा प्रधानसेनापति सिग्देलले उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

खत्रीलाई असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवासँगै उनलाई उपत्यका पृतनाको पृतनापतिमा बढुवा गर्ने निर्णय भएको छ।