काठमाडौँ – संघीय संसद्को सचिवालयमा दर्ता भएका ८ विधेयक र ४ सन्धि/सम्झौता सदनमा पेसै नभई विधेयक शाखामै थन्किएका छन् । वैशाख १६ देखि असोज २ सम्म करिब साढे ४ महिना चलेको चौथो अधिवेशनमा ती विधेयक र सन्धि/सम्झौताले सदनमा प्रवेश पाएनन् ।
चौथो अधिवेशनमा दुवै सदनमा एक सन्धिसहित ४१ विधेयकले प्रवेश पाएका थिए, जसमध्ये १८ विधेयक दुवै सभाबाट पारित भए । दुवै सभा र तिनका समितिमा गरी २३ विधेयक विचाराधीन अवस्थामा छन् ।
संसद्मा पेसै नभएका ८ विधेयकमा शान्तिसुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक र मानव अधिकार आयोग (पहिलो संशोधन) विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) २०७३ लाई पहिलो संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन ०५८ लाई संशोधन गर्न बनेको विधेयक र धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक छन् । याे समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया