डेंगुका बिरामीले मासु खान मिल्छ कि मिल्दैँन ?


काठमाण्डु- दशैंलाई खानपिन गरी मनाइने चाडको रुपमा लिइन्छ । विशेषगरी दशैंमा माछामासुका परिकार बढि खाने गरिन्छ ।

सन्तुलित तरिकाले मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो भए पनि मासु बढी खाँदा ठूला स्वास्थ्य समस्या पनि आउन सक्छन् । यसैबीच पछिल्लो समय देशभर डेंगु संक्रमण फैलिएको छ ।

भर्खरै डेंगु संक्रमण भएर बिरामी भइरहेकाहरु र भर्खरै डेंगु सक्रमण भएर निको भएकाहरुले दशैं को खानपानमा कस्तो सावधानी अपनाउने भन्ने विषय चासोको साथ हेरिएको छ ।

डेंगु का बिरामीलाई संक्रमण भएको केही समय सम्म खानेकुरा प्रति खासै रुचि हुँदैन । डेंगु संक्रमितहरुले खान मन लाग्यो भने मासु खादा पनि हुन्छ ।

तर, भुटेको तारेको भन्दा पनि झोल सहितको मासु खानु राम्रो हुने चिकित्सकहरु बताउँछन् । डेंगु का बिरामीलाई धेरै झोलिलो खानेकुराको आवश्यक पर्ने हुँदा धेरै चिल्लो नभएको झोलिलो मासु खानु राम्रो हुन्छ । तर रातो मासु भन्दा कुखुरा माछा अर्थात सेतो मासु खादा राम्रो हुन्छ ।

चाडपर्वमा मासुमानै जोड दिँदा हाम्रो आहार सन्तुलित हुँदैन । आहारलाई सन्तुलनमा राख्न मासु संगै हरियो सागपात र फलफुलमा समेत जोड दिनुपर्छ । भातलाई समेत घटाएर हरियो परियोमा जोड दिदा सन्तुलन कामय राख्न मद्धत पुग्ने कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement