राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक दासानायके काठमाण्डु आइपुगे

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक दासानायके काठमाण्डु आइपुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु दासानायके काठमाण्डु आइपुगेका छन् । मंगलबार मुख्य प्रशिक्षक दासानायके आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।

क्यानले दासानायकेलाई गत मंसिर २५ गते राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।