शनिबारसम्म ४ लाख २२ हजार जनाले काठमाण्डु छाडे

शनिबारसम्म ४ लाख २२ हजार जनाले काठमाण्डु छाडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर हाल दशैँको चहलपहल बढिरहेको छ । दशैँ मनाउनको लागि विदेश गएका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

यसैबीच हालसम्म दशैँ मनाउनका लागि काठमाण्डु उपत्यकाबाट ४ लाख २२ हजार जना बाहिरिएका छन् ।  गएको असोज ११ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ सुरु भएको थियो ।

अग्रिम टिकट सुरु भएदेखि शनिबार १० बजेसम्म  ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डु छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए । हाल दशैँको लागि लुगा किन्नेहरुको भिड पनि बजारमा बढिरहेको छ ।