दशैंका लागि कैदीबन्दीलाई खसी र नगद प्रदान

दशैंका लागि कैदीबन्दीलाई खसी र नगद प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाँदबारी – संखुवासभा उद्योग वाणिज्य संघले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ ।
बडादशैंको अवसरमा जिल्ला कारागारका १३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद ५ हजार उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिए ।

उनले बिहीबार आयोजित कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गरेका छन् ।

संघका महासचिव सरोज बज्राचार्यले कानून बमोजिम कारबाही भोगिरहे पनि मानवीय समवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताए ।