काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रवालले दसैंमा सांसदलाई भत्ता दिने सरकारको निर्णयको विरोध गरेका छन् ।
कोरोना भाइरसको महामारीका बेला सरकारले सबै सांसदलाई दसैंभत्ता उपलब्ध गराएको विषयमा नेता रावलले असन्तुष्टी जनाएका हुन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका सांसद रावलले दसैंभत्ता खारेज गर्न सरकारसँग माग गरेका हुन् । उनले आफ्नो बैंक खातामा दसैंभत्ता आएको भन्दै उक्त रकम कट्टी गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्’ सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’
त्यस्तै सांसद रावलले दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउन नपर्ने पनि स्पष्ट पारेका छन् ।




प्रतिक्रिया