काठमाण्डु – सरकारले यसवर्षको दशैंमा आवतजावतमा कडाई गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जो जहाँ छौं त्यही बसेर दशैं मनाउन आग्रह गरेका छन् ।
‘जहाँ छौं त्यही बसेर दशैं मनाऔं । दशैं अर्को वर्ष पनि आउँछ । हामी जहाँ छौं त्यही बसेर मनाउने । सबै किसिमको गोस्टी, सेमिनार बैठकहरु नगर्ने नर्णय भएको छ,’ उनले भने ।
त्यस्तै उनले जनस्वाथ्यको मापदण्ड उल्लंंघन गर्ने व्यक्तिलाई जरिवाना गर्ने गरी जरिवानाको दररेट निर्धारण गरी प्रस्ताव स्वीकृतिका लागि पेश गर्ने निर्णय भएको बताए ।
प्रवक्ता गौतमले अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् । काम विशेषले घर बाहिर जानू परे दुई मिटर दूरी कायम गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रवक्ता गौतमले आग्रह गरेका छन् ।




प्रतिक्रिया