काठमाण्डु – सरकारले दशैंमा सार्वजनिक स्थानमा पिङ नहाल्न आग्रह गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक स्थानमा लिङ्गे र रोटे पिङ नहाल्न आग्रह गरेका छन् ।
उनले भने, ‘देशको कुनाकाप्चामा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । गाउँघरमा दिर्घरोगीको संख्या धेरै रहेकाले संक्रमणको जोखिम बढ्न सक्छ ।’
उनले यसपटकको दशैंमा मन्दिरहरुमा पुजारीमात्र उपस्थित भएर नित्य पूजाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
अस्पताल जाने आउनेक्रममा कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम भएकाले सामान्य बिरामी हुँदा अस्प्ताल नजानु पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया