आइतबारदेखि १० चक्के सवारीलाई काठमाडौं प्रवेशमा रोक

आइतबारदेखि १० चक्के सवारीलाई काठमाडौं प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आइतबारदेखि काठमाडौंमा ठूला मालवाहक सवारी आवागमनमा रोक लगाएको छ ।

नजिकिँदै गरेको चाड दशैंलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले आइतबारदेखि १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो ।

अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारी बाहेक ठूला मालवाहक सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले एक सूचना निकालेर जानकारी दिएको छ ।
विभागले दशैंमा काठमाडौ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ ।