दसैं सुरक्षाः पाँच मिनेटमै प्रहरी, बैंकिङ क्षेत्रमा २४ सै घण्टा गस्ती, ५४३७ प्रहरी परिचालन

दसैं सुरक्षाः पाँच मिनेटमै प्रहरी, बैंकिङ क्षेत्रमा २४ सै घण्टा गस्ती, ५४३७ प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला) मा दसैं, तिहार, तथा छठ पर्वको अवसरमा विशेष सुरक्षा योजना लागू गरेको छ।

 

 

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीेले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दसैं, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौं उपत्यकामा पाँच हजार चार सय ३७ प्रहरी परिचालन गरिन लागिएको जनाएको हो।

 

 

घटना भएको पाँच मिनेटमै प्रहरी पुग्ने गरी रणनीति तय गरिएको महानगरीय आयुक्त एआईजी जयबहादुर चन्दले बताए। ‘कुनै शंकास्पद गतिविधि भएको थापा पाएमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा काठमाडौँ, भक्तपुर वा ललितपुर प्रहरीका प्रमुखलाई तत्काल खबर गर्नुहोस्,’ एआईजी चन्दले भने, ‘पाँच मिनेटै प्रहरी पुग्नेछ।’

 

 

 

चाडपर्वका बेला चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, अपहरण, झैझगडा जस्ता घटनाको बढोत्तरी हनसक्ने भएकाले व्यापक मात्रामा प्रहरी परिचालन गर्न लागिएको उनले बताए।

 

 

एआईजी चन्दका अनुसार महत्वपूर्ण प्रतिष्ठान, सपिङ मल तथा बैंकिङ क्षेत्रमा २४ सै घण्टा गस्ती पहरा तथा प्रहरी परिचालन गर्ने प्रवन्ध मिलाइएको छ।

 

 

 

उपत्यकाका ३१ स्थानमा चेकजाँचको व्यवस्था मिलाइएको जनाइएको छ। मठ मन्दिर, मेलापर्व, विमानस्थल तथा बसपार्क, होटल तथा गेष्ट हाउस, उपत्यका भित्रिने तथा बाहिरिने नाका, उपहार तथा चिठ्ठाको नाममा हुने ठगीलाई रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ।

 

 

तस्बिर स्रोत  : नेपाल लाईभ।