दसैंको अग्रिम टिकट बुकिङ आजदेखि

दसैंको अग्रिम टिकट बुकिङ आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आज आइतबारदेखि अग्रीम टिकट बुकिङ खुल्ला गरेको हो ।

गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।  महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ ।

दसैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् । हजारौँ मानिसहरु एकैपटक ओइरिएपछि टिकट लिन घण्टौँ लाइन लाग्नु परेको छ ।