अत्तरिया – दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्किने नेपालीलाई सहज होस् भन्नका लागि नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको हो ।
दशैँ, तिहारमा भारतबाट फर्किने नेपालीसँगै नेपालबाट फर्किने भारतीयलाई सीमा सहायता कक्षमा रहेका दुवै देशका प्रहरी अधिकारीले सहयोग गर्नेछन् ।
विगत वर्षमा चाडपर्वका बेला भारतबाट घर फर्किने नेपालीमाथि सीमा नाकामा दुर्व्यवहार हुने गरेको गुनासो आउने गरेको थियो । सहायता कक्ष स्थापना गरिएपछि सीमा नाकामा लुटपाट हुने, सुरक्षाकर्मीले अनावश्यक दुःख दिने, रकम असुल गर्ने लगायतका समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया