काठमाडौं – यो वर्ष दशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ । शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।
देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मंगलवार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ । असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको छ ।
घटस्थापनाको दोस्रो दिन असोज १३ मा नेपाली सेनाको झण्डा फेर्ने साइत भने बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । विजयादशमी असोज २१ गते मंगलबार परेको छ। घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ।




प्रतिक्रिया