काठमाण्डु – कर्मचारीहरुले दशैंको बिदा घटस्थापनाबाट गर्न सरकारलाई सुझाव दिएका छन् । उनीहरुले कोरोना भाइरसको बढ्दो जोखिमका कारण दशैं बिदा घटस्थापनाबाट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुझाव दिएका हुन् ।
सरकारले फूलपातीबाट दशैं बिदा दिँदै आएको थियो । यो वर्षको घटस्थापना कात्तिक १ गते रहेको छ भने फूलपाती ७ गते छ । सरकारले फूलपातीदेखि एकादशीसम्म बिदा दिँदै आएको थियो ।
विभिन्न मन्त्रालयका सचिवहरुले मुख्यसचिव शङ्करदास वैरागीलाई भेटेर दशैंको बिदा लम्ब्याउन माग गरेका हुन् । पछिल्लो समय सरकारी कार्यालयमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सचिवहरुले १ गतेबाट बिदा दिए कोरोना संक्रमण नियन्त्रणमा केही सहयोग पुग्ने बताएको स्रोतले जानकारी दियो ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर तिव्रगतिमा फैलिरहेको छ । विशेषगरी काठमणडु उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र दरले बढेको छ । सरकारले सामाजिक दूरी कायम गर्न अपिल गरे पनि भीडभाड बढेसँगै संक्रमणको दर पनि बढिरहेको छ ।




प्रतिक्रिया